२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाउँठाउँमा भारी वर्षा, तराईमा तातो



अ+ अ-

काठमाडौँ। पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ ।

केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम रहेको छ । भलै तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी नै रहने छ ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन  । तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ । पूर्वमा मनसुनी वायुको प्रभाव रहेको तर कमजोर रहेको जनाइएको छ । यद्यपि देशका केही मापन केन्द्रमा भारी वर्षा भएको छ ।

आज कहाँकहाँ पर्यो भारी वर्षा ?

विभागका अनुसार आज राति साढे ८ बजेको अभिलेखमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

यस्तै, पर्वतमा ६८, कास्कीमा ५१, लमजुङमा ६०, खोटाङमा ५५.६, मोरङ र सुनसरीमा ६३÷६३ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।

हल्कादेखि मध्यम वर्षा भने अन्य धेरै मापन केन्द्रमा भएको छ । यद्यपि लुम्बिनी सुदूरपश्चिम र कणाली प्रदशेमा भने खासै वर्षा हुन सकेको छैन ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

यस्तै, कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग तथा अन्य एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रासस