• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

फुट्यो जनता समाजवादी पार्टी



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ ।

पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको बताइएको छ । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको राईनिकट स्रोत बताउँछ ।

अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा छन् । यहीबेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।