• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि…



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका विराट कोहली र दिनेश कार्तिकले गुजरात टाइटन्सविरुद्धको खेलपछि फ्यानहरूलाई खुसीको क्षण दिएका छन् ।

कोहलीले गुजरातविरुद्ध २७ बलमा ४२ रनको इनिङ खेले र आईपीएल २०२४ मा सर्वाधिक रन बनाउने खेलाडीको अग्रपङ्तिमा रहे ।

कोहलीले ११ खेलमा ६७.७५ को औसतमा ५४२ रन बनाएका छन्, जसमा एक शतक र चार अर्धशतक समावेश छ । कोहलीले ५०९ रन बनाएका रुतुराज गायकवाडलाई पछि पारे ।

खेल सकिएपछि ब्रोडकास्ट टोलीसँग कुरा गर्नुअघि दिनेश कार्तिकले विराट कोहलीलाई ओरेन्ज क्याप हस्तान्तरण गरेका थिए ।

विराट कोहलीले क्याप लगाएर मुटुमा हात राखेर शिर निहुराएर कार्तिकलाई सम्मान गरेका थिए । त्यसपछि कोहली मुस्कुराउँदै त्यहाँबाट गए । फ्यानहरूले यो पललाई धेरै मन पराए र यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

रोयल च्यालेन्जर्स बैंगलोरले शनिबार गुजरात टाइटन्सलाई घरेलु मैदानमा पराजित गर्दै प्लेअफ पुग्ने आफ्नो आशा जीवित राखेको छ । एम चिन्नास्वामी रंगशालामा भएको खेलमा गुजरात टाइटन्सले पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा १४७ रन बनाएर अलआउट भएको थियो । जवाफमा आरसीबीले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।