• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’



गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरूभएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नुनपरेको उहाँले बताउनुभयो ।

तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अग्र्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताउनुभयो । “अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ । त्यसले माछा फार्ममा आउनेहरूको मागमात्रै पूर्ति गर्नसकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन”, गुरुङले भन्नुभयो ।

अर्ग्यानिक होममा आउने पाहुनाले प्रतिकेजी रु दुई हजारमा आफँैले पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बासबस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार घरमा लैजान चाहनेलाई प्रतिकिलो रु एक हजार सात सयमा बिक्री गर्ने गरिएकामा फार्मबाट दैनिक सात किलोभन्दा बढी र माघमा लाग्ने तातोपानी मेलाको समयमा भने मदैनिक तीन क्वीन्टलसम्म माछा बिक्री हुने गरेको छ । “सामान्यत: दैनिक सात किलोभन्दा बढी माछा बिक्रि हुने गरेको छ । मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ । त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन”, उहाँले भन्नुभयो ।

धार्चेको पानी हिमालबाट आउने र धेरै चिसो हुनेभएकाले यहाँको माछा स्वादिष्ट हुने स्थानीयको भनाइपछि आफूले त्यसको सदुपयोग गर्दै व्यावसायिक आयआर्जन सुरूगरेको बताउने गुरुङले व्यवसाय विकासमा केही चुनौति रहे पनि निराश हुने अवस्था भने नरहेको बताउनुभयो । “समस्या र चुनौति त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँठाउँमा पनि उद्यम गरेर खानसकिन्छ भन्ने उहाहरण म आफैँ हुँ । त्यसैले अरु युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्नसक्नुपर्छ”, गुरुङको भनाइ छ । रासस