२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो



फाईल फोटो
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेल इजलासमा परेको छ । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।

आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । यसअघि सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो ।

सन्दिपका कानुन ब्यवसायी सरोज घिमिरेकाअनुसार सम्भवत: आज सुनुवाइको पालो आउँदै फैसला हुनेछ ।

आज सुनुवाई भई सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ ।