काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।
यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।
बिहिबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राति भने प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।











