२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन निल्दैछ ब्ल्याकहोलले आफ्ना वरपर आउने पिण्डहरुलाई ? हालै निल्यो सूर्य जत्रो तारा पनि !!



अ+ अ-

एजेन्सी। शोधकर्ताहरुले ब्रह्माण्डीय उथलपुथलका कारण सूर्याकारको एउटा सिंगो तारा ब्ल्याकहोलमा समाहित हुन पुगेका बताएका छन् । सूर्य नै निल्ने त्यो ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा ठूलो र भारी छ ।

यो ब्ल्याक होलले सूर्य निलेको घटनालाई वैज्ञानिकहरुले ज्वारीय विघटन (टाइडल डिसरप्सन) को संज्ञा दिएका छन् । सुन्दै जीउ सिरिङ हुने यो घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको सहायताले अन्तिमसम्म अवलोकनसहित पिछा गरिएको थियो ।

वैज्ञानिकहरुका अनुसार ब्रह्माण्डमा देखिने यस्ता ज्वारीय घटना कहिलेकाँही मात्र हुने गर्दछन् । १० हजारदेखि एक लाख वर्षको बीचमा आकाशगंगामा यस्तो हलचलमय घटना हुने गरेको वैज्ञानिकहरुको दाबी छ ।

एस्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको अनुसन्धान रिपोर्टअनुसार ब्ल्याकहोल स्याजिटेरस ए स्टारको तुलनामा निकै ‘भोकाएको’ छ । यसले आफ्ना वरपर आउने पिण्डहरुलाई क्षणभरमा निलेर आफूमा विलिन गराइरहेको छ ।

ब्ल्याकहोल एक भीमकाय पिण्ड हो । यसको आफ्नै प्रकाश हुँदैन । अधिक घनत्व भएका कारण यसबाट प्रकाश पनि उम्कन पाउँदैन । हालसम्म आविस्कार गरेका कुनै पनि भौतिक नियमहरु ब्ल्याक होलमा लागू हुँदैन । आफ्नो क्षेत्र वरीपरी आउने सबै वस्तुलाई निल्दै जान्छ ।