५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

यल्लो प्यागोडा होटलमा आयोजित उक्त कार्यक्रममा ३०० जना भन्दा बढी ग्राहकहरु उपस्थित थिए भने केन्द्रिय कार्यालयको मार्केटिङ विभागका प्रमुख, वाग्मती प्रदेशका प्रदेश प्रमुख तथा ट्रान्जेक्शन बैंकिङ्गका प्रमुख प्रकाश पौडेलको पनि उपस्थिति रहेको थियो ।

उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।

ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो । यस बैंकमा ४६ लाखभन्दा बढी निक्षेपकर्ताहरु एवं ६० हजार भन्दा बढी ऋणीहरु रहनुभएको छ ।

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरु ग्राहकहरुबिच पस्किँदै आईरहेको छ ।

यो कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा सञ्चालन हुँदै आएको छ ।

उक्त कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कुनैपनि डिजिटल बैंकिङ सुविधाहरु नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपुर उपभोग नगर्नुभएका तथा नियमित रुपमा उक्त सुविधाहरु प्रयोग गर्नुभएका ग्राहक महानुभावहरुलाई आमन्त्रण गरेको कुरा जानकारी गराइएको थियो ।

साथै, कार्यक्रमले सबै क्षेत्रका ग्राहक महानुभावहरुलाई फाइदा पुर्याउन सकोस भन्ने उद्देश्य रहेको छ ।