• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

‘त्वा खल ओमबहाःया’ को ‘त्वाः छेँ’ शिलान्यास



काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले त्वा खल ओमबहाःया त्वा छेँ को शिलान्यास गर्नुभएको छ । आज विहान वडा २३ ओमबहालमा मेयर शाक्यले शिलान्यास गर्नुभएको हो । भवनको लागत अनुमान १ करोड ३९ रुपैयाँ थियो । खरिद प्रक्रियामा भएको प्रतिस्पर्धामा निर्माण पक्षले ८६ लाख रुपैयाँमा निर्माण कबोल गरेको छ । यही अनुस्प सम्झौता भइसकेको छ । 

३ आना जग्गा निर्माण हुने साढे ४ तलामध्ये पहिलो चरणमा ३ तला बनाइनेछ । गुठीले जग्गा खरिद गरेर प्राप्त गरेको हो । 

भवन शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले, मूर्त अमूर्त सम्पदा निर्माण, पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको बताउनुभयो । ‘सम्पदा बचाउने काम हाम्रै हो । त्यो दायित्व हामीले निर्वाह गरिरहेका र्छौं । हाम्रा काम बुझ्नु भएको छैन वा चित्त बुझेको छैन भने आउनोस् हामी कुरा बुझाउँर्छाैं । कुरा नबुझी बोलिदिनुभयो भने अन्यथा अर्थ लाग्छ । भ्रम सिर्जना हुन्छ । पहिले रानीपोखरीको सन्दर्भमा यस्तै भएको थियो । अहिले कमलपोखरीको बारेमा पनि यस्तै भइरहेको छ ।’ भित्री सहरी क्षेत्रको पहिचान भनेकै मूर्त अमूर्त र जीवन्त संस्कृति भएको बताउँदै मेयर शाक्यले, सम्पदाको संवेदनशीलता बुझेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।   

त्यस क्रममा बोल्दै वडाध्यक्ष मचाराजा महर्जनले, वडाभित्र माग भएर आएर कुनै पनि योजना नरोकिएको बताउनुभयो । ‘सम्पदा जोगाउन, सहरी सुविधा पुर्याउनु र विपद् प्रतिकार्यका काम गर्नु भित्री वडाका प्राथमिक काम हुन् ।’ वडाध्यक्ष महर्जनले, यस कामको परिणामका लागि वडाले प्रक्रियामा कतै पनि ढिलाइ नगरेको बताउनुभयो । 

कार्यक्रममा राजभाइ ज्यापूले महानगरबाट प्राप्त सहयोगले स्थानीयलाई खुशी दिएको प्रतिक्रिया दिनुभयो ।  

आज सेतो मच्छिन्द्र नाथको महास्नान गर्ने दिन हो । यही पवित्र दिनमा त्वाः छेँ को शिलान्यास गरिएको हो ।