१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र अमेरिकी राजदूत भेट



अ+ अ-

काठमाडौं  । अमेरिकी राष्ट्रपति जो बाईडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ  ।

बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निबासमा भएको भेटमा  राजदुत बेरीले बाइडन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसार सम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको कुरा जानकारी गराउनु भएको थियो ।

नेपाल स्थित अमेरिकी दुताबासमाले भेटबारे उल्लेख गर्दे लेखेको छ – राष्ट्रपति बाइडनले भनेजस्तै, “अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न। हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ।”

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले हिजोमात्र सपथ लिनुभएको छ । त्यसपछि आज अमेरिकी राजदूत प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।