२१ भाद्र २०८३, आईतवार
,
Latest
गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट



अ+ अ-

काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ ।

नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा इन्टरनेट सेवा काटिएको हो ।

बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले जनकारी दिए ।

नेपालका नीजि इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको बताईएको छ ।

बिहीबार करिब ४ बजेदेखि इन्टरनेट अवरुद्ध भएको हो । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् ।