• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो

इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट



काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ ।

नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा इन्टरनेट सेवा काटिएको हो ।

बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले जनकारी दिए ।

नेपालका नीजि इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको बताईएको छ ।

बिहीबार करिब ४ बजेदेखि इन्टरनेट अवरुद्ध भएको हो । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् ।