• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो



एजेन्सी । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन ।

घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ शहरका अधिकारीहरूले बताएका छन्।

दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो हवाइ तस्बिरले एक्सप्रेसवेको एकपट्टि ढल्किएको देखाउँछ, जसले गर्दा सवारी साधन दुर्घटनामा परिरहेका छन् । अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ ।