२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभइ सडक चाहिएको बताउनुभएको छ ।

बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री र सरकारले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । उहाँले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गर्नुभयो । उहाँले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘६ किलोमिटर बाटो धौधौ गरी पिच गरेको छु । अहिले अब बजेट माग्यो भने बजेट छैन भन्छन् । सरकार छोड्नुस् न त हमी चलाउँछौँ । छैन भने सरकार छोड्नुपर्‍यो नि त । बजेट छैन भनेर हामीलाई गाली गरेर हुन्छ ? कहाँबाट ल्याउनुपर्ने हो, के गर्नुपर्ने हो । सरकारको कुर्सीमा बस्ने अनि बजेट नदिने हुन्छ । मन्त्रालयमा गयो कर्मचारीहरुको त्यस्तै छ । एउटा फाइल ६ महिनाअघि बनाउ भनेको अहिलेसम्म बनाउँदैन । यताको फाइल उता, उताको यता । हामी कार्यालयको सहयोगी जस्तो यता र उता फाइल बोकेर हिँड्नुपरेको छ । यहाँ सुरुङ मार्ग, रेलका कुराहरु आए । आकाशे पुलका कुरा आए । हामीलाई सुरुङ मार्ग, रेल चाहिएको छैन, कर्णालीलाई सडक चाहिएको छ ।’

सांसद शाहीले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताउनु भयो । उहाँले पहुँचका आधारमा बजेट विनियोजन भए संसद, सडक र मन्त्रालय घेर्न तयार रहेको बताउनु भयो ।