• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।

‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताउनुभयो । “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।”

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र बिस्तार गर्न सकिने बताउनुभयो । उहाँले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउनुभयो ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताउनुभयो । उहाँले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दु:ख व्यक्त गर्नुभयो । उहाँले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभयो । रासस