२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’



अ+ अ-

काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएलगत्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा फेसबुमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।

सन्दीपले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गर्दै सत्यतथ्य सबै कुरा समयसँगै बाहिर आउने बताएका छन् ।
उनले लेखेका छन्, ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून् । सबै कुरा ईश्वरमा छोडिदिन्छु । समयले सत्य प्रकट गरेर बताउनेछ ।’

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी टि–ट्वेन्टी विश्वकप खेल्ने नेपाली टोलीको हिजै घोषणा गरेको थियो । उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधीन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।

जबरजस्ती करणीको आरोपमा सन्दीप काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका छन् । उनले जिल्लाको फैसला चित्त नबुझाउँदै उच्च अदालतमा पुनरावेदन दिएका छन् । अहिले यो मुद्दा उच्च अदालतमा विचाराधीन छ ।