• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने ★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन ★   दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड ★   सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो



काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

गएराति भएको खेलमा डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन एकमात्र गोल निकलास फुल्कवर्गले गरे । उनले खेलको पहिलो हाफमा ३६ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै डर्टमण्डले १–० को एग्रिगेट बनाएको छ । अब दोस्रो लेग आगामी हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।

डर्टमण्डले क्वाटरफाइलनमा एट्लेटिको मड्रिडलाई तथा पिएसजीले बार्सिलोनालाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।