२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको कर्नाटक राज्य शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ। सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

बीबीसीका अनुसार विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन सकेन् । 

विष्फोट निकै नै ठुलो आवाजमा भएको र धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका कुरा पनि त्यहाँका स्थानियहरुले बताएका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।