१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने



अ+ अ-

एजेन्सी । आमिर खान हालै ‘द ग्रेट इन्डियन कपिल शो’ मा देखिएका थिए । कार्यक्रममा उनले आफ्नो जीवनका धेरै कथा सुनाए ।

कपिल शर्माले यस एपिसोडको पछाडिको दृश्य भिडियो सेयर गरेका छन् । दर्शकमा बसेका एक व्यक्तिले आमिरलाई शाहरुख–सलमानसँग कहिले फिल्म गर्ने भनेर सोधे ।

त्यसमा आमिरले भने, ‘मेरो दिमागमा जे थियो, त्यो तिमीले खोस्यौ । केही दिनअघि मैले शाहरुख र सलमानसँग यस विषयमा कुरा गरेको थिएँ । मैले सलमान–शाहरुखलाई भनें कि हामीले सँगै फिल्म गर्नुपर्छ । हामीले सँगै फिल्म नगरेको भए फ्यानका लागि गलत हुनेछ ।’

आमिरले भने, ‘हामी तीनै जना फिल्म गर्न तयार छौं । राम्रो कथाको पर्खाइमा ।’ उनले हालै सलमान उनको घरमा आएको बताए । यस एपिसोडमा आमिरले लगाएको जिन्स सलमानले उनको लागि ल्याएका थिए । उनले भने कि सलमान प्रायः आफ्नो लागि कपडा ल्याउँछन् ।

अर्का एक व्यक्तिले ५९ वर्षको उमेरमा जवान देखिने आमिरको प्रशंसा गर्दै उनको फिटनेसको रहस्य सोधे । यसमा आमिरले भने– ‘यसमा मेरो कुनै हात छैन । यसको श्रेय म आफैलाई दिन्नँ । किनकी म त्यस्तो खास काम गर्दिन ।’