१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने



file
अ+ अ-

काठमाडौं । शुक्रबार बस्ने वाग्मती प्रदेशको प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्धको अविस्वास प्रस्ताव टेबल हुने भएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेवल हुने नेकपा प्रचण्ड–माधव पक्षका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री  पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको थियो ।

नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ । 

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गर्नुभएको सचिवालयका सचिव खड्काले जानकारी दिनुभएको हो ।