• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान

उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी



file photo

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताउनुभएको छ ।

मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्व नहुँदा विकास, सुशासन र समृद्धिका एजेन्डाहरु ओझेलमा परेका भन्दै यसको समाधान राजनीतिक स्थायित्वबाट मात्रै हुने बताउनु भयो । उहाँले उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनु भयो । उहाँले माओवादी केन्द्रसँगको गठबन्धनका कारणपनि इलाममा भारी मतान्तरले जित्न सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली जनतामा नेकपा(एमाले) यो देशको समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि नेकपा(एमाले) नै भरपर्दो र बलियो शक्ति हो भन्ने कुरा यसले फेरीपनि पुष्टि गरेको छ । माओवादी केन्द्रको मतले गर्दाखेरी पनि अझै भारी मतान्तरले जित्नका लागि योगदान पुगेको छ । मुलुकमा राजनीतिक स्थायित्वका निम्ति दलहरु बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गरेको छ । समय–समयमा सरकार परिवर्तन भइराख्ने, कुनै काम पनि सही ढंगले अगाडी बढ्न नसक्ने । विकास, सुशासन, समृद्धिका एजेण्डाहरु सधैभरी ओझेलमा पर्ने जुनखालको परिस्थिति छ, यसको समाधान देशमा राजनीतिक स्थायित्वबाट मात्रै हुन्छ । त्यसकालागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गर्छ । अहिलेको मत थिग्रिँदै गएर दुई, तिनवटा धारहरु नै मुल प्रवाहको रुपमा रहने अवस्था बन्नसक्छ भविष्यमा ।’

मन्त्री गिरीले अहिलेको निर्वाचनमा प्राप्त मतहरु थिगिँ्रदै गएर भविष्यमा दुई, तीनवटा धारहरु मात्रै मुल प्रवाहमा रहने बताउनु भयो ।