१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी
file photo
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताउनुभएको छ ।

मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्व नहुँदा विकास, सुशासन र समृद्धिका एजेन्डाहरु ओझेलमा परेका भन्दै यसको समाधान राजनीतिक स्थायित्वबाट मात्रै हुने बताउनु भयो । उहाँले उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनु भयो । उहाँले माओवादी केन्द्रसँगको गठबन्धनका कारणपनि इलाममा भारी मतान्तरले जित्न सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली जनतामा नेकपा(एमाले) यो देशको समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि नेकपा(एमाले) नै भरपर्दो र बलियो शक्ति हो भन्ने कुरा यसले फेरीपनि पुष्टि गरेको छ । माओवादी केन्द्रको मतले गर्दाखेरी पनि अझै भारी मतान्तरले जित्नका लागि योगदान पुगेको छ । मुलुकमा राजनीतिक स्थायित्वका निम्ति दलहरु बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गरेको छ । समय–समयमा सरकार परिवर्तन भइराख्ने, कुनै काम पनि सही ढंगले अगाडी बढ्न नसक्ने । विकास, सुशासन, समृद्धिका एजेण्डाहरु सधैभरी ओझेलमा पर्ने जुनखालको परिस्थिति छ, यसको समाधान देशमा राजनीतिक स्थायित्वबाट मात्रै हुन्छ । त्यसकालागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गर्छ । अहिलेको मत थिग्रिँदै गएर दुई, तिनवटा धारहरु नै मुल प्रवाहको रुपमा रहने अवस्था बन्नसक्छ भविष्यमा ।’

मन्त्री गिरीले अहिलेको निर्वाचनमा प्राप्त मतहरु थिगिँ्रदै गएर भविष्यमा दुई, तीनवटा धारहरु मात्रै मुल प्रवाहमा रहने बताउनु भयो ।