५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज मंगलबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् ।

आज मध्यरातमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिडबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा (१२ः४५ बजे) सुरु हुनेछ ।

सेमिफाइनलको पहिलो लेग आज बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ भने दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा अर्को हप्ता हुनेछ ।

क्वाटरफाइनलमा बायर्नले आर्सनललाई तथा रियलले म्यान्चेस्टर सिटीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल जुन २ मा लण्डनको वेम्बले स्टेडियममा हुनेछ । अर्को सेमिफाइनल टोली पेरिस सेन्ट जर्मेन र बोरुसिया डर्टमण्डबीच भोलि खेल हुँदैछ ।