१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक ९माघ–चैत० का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ रु ६३ करोड ५३ लाख र पूँजीगततर्फ रु ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान रु दुई ५३ करोड ७६ लाख (चार दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान रु चार अर्ब ९४ करोड दुई लाख (आठ दशमलव ६९ प्रतिशत) रहेको छ । रासस