• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

मिलनले दिए सुहाङलाई बधाई



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका नेकपा (एमाले) का सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

अन्तिम मतपरिणामपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले बधाई दिएका हुन् ।

लिम्बूले नेम्वाङको जित समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षा पनि गरेका छन् ।

उपनिर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित भएका थिए । रास्वपा उम्मेदवार लिम्बूले ५०५० मत ल्याएका थिए ।