१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली विरूद्ध आक्रोश पोख्दै नेपाल, दाहाल र खनाल (भिडियो सहित)



अ+ अ-

काठमाडौ । पार्टी भित्रको अन्तरकलहका कारण  पुस  ५ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बन्द कोठा भत्र एक अर्का प्रति  व्यक्त गरिने आरोप प्रत्यारोप र आक्रोश यतिबेला सडकमा छताछुल्ल हुन थालेको छ । लामो समय सँगै सहयात्रा गरेका सहकर्मीप्रति जानेका जति सबै शब्द खर्चेर गाली गलौजको निरन्तरता कायम नै छ ।

नीति तथा सिद्धान्तमा  विमती तथा समस्याको समाधान दिने भन्दा पनि एक अर्कालाई जानेको शब्द प्रयोग गरेर गाली गलौजमा उत्रिएका नेता आफू समर्थक कार्यकर्ताको ताली पाएपछि झनै हौसिने गरेका छन्  ।

राजनीति सम्भावनाको खेल हो, को कति बेला को सँग मिल्छ टुङ्गो हुँदैन । हिजो एक अर्का प्रति कटाक्ष गर्ने नेताहरु आज एउटै कित्तामा आइपुगेका छन् । भोलि पनि आज आरोप प्रत्यारोपमा उत्रिएका नेता फेरि एकै कित्तामा उभिए पनि आज गरेको आरोप प्रत्यारोपलाई कसरी लेलान् ? शुक्रबार पनि दाहाल–नेपाल समूहले राजधानीमा विरोध सभाको आयोजना गर्यो ।

 सभामा बिगतमा जस्तै प्रधानमन्त्री ओली प्रति आक्रोश व्यक्त गर्ने काम भयो ।