• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला ★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि

‘सिधा कुरा’को समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले एक सञ्चार माध्यमलाई स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

‘सिधा कुरा डटकम’ले अख्तियारले गर्ने स्टिङ अपरेशन खारेज गराउन बयान फेर्ने र पैसा लेनदेन गर्नेबारे डिल भएको भनिएको ‘अडियो’ प्रसारण गरेको थियो ।

मुद्दा खारेज गराउन आयोजित डिलमा सर्वोच्चका न्यायाधीश आनन्दमोह भट्टराई पनि सहभागी भएको सो अनलाइनले दाबी गरेको थियो । सो समाचार प्रशारणपछि सर्वोच्च अदालतका उपरजिस्टार गोविन्द प्रसाद घिमिरेले मुद्दा दर्ता गर्नका लागि प्रतिवेदन दिएका थिए ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

यस्तै, सिधा कुरा डटकमलाई बयान गराउने आदेश पनि दिएको छ । सो अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयान गराउने आदेश गरेका हुन् । बयानका लागि उनीहरूलाई वैशाख २० मा अदालतमा उपस्थित हुन भनिएको छ ।