• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ?

‘सिधा कुरा’को समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले एक सञ्चार माध्यमलाई स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

‘सिधा कुरा डटकम’ले अख्तियारले गर्ने स्टिङ अपरेशन खारेज गराउन बयान फेर्ने र पैसा लेनदेन गर्नेबारे डिल भएको भनिएको ‘अडियो’ प्रसारण गरेको थियो ।

मुद्दा खारेज गराउन आयोजित डिलमा सर्वोच्चका न्यायाधीश आनन्दमोह भट्टराई पनि सहभागी भएको सो अनलाइनले दाबी गरेको थियो । सो समाचार प्रशारणपछि सर्वोच्च अदालतका उपरजिस्टार गोविन्द प्रसाद घिमिरेले मुद्दा दर्ता गर्नका लागि प्रतिवेदन दिएका थिए ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

यस्तै, सिधा कुरा डटकमलाई बयान गराउने आदेश पनि दिएको छ । सो अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयान गराउने आदेश गरेका हुन् । बयानका लागि उनीहरूलाई वैशाख २० मा अदालतमा उपस्थित हुन भनिएको छ ।