१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गोरखापत्र संस्थानमा तस्बिर प्रदर्शनी

गोरखापत्र संस्थानमा तस्बिर प्रदर्शनी
अ अ+ अ-

काठमाडौँ । गोरखापत्र संस्थानले राष्ट्रिय फोटो पत्रकारिता दिवसका पारेर आयोजना गरेको पुराना तस्बिर प्रदर्शनीले त्यसबेलाका सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ ।

धर्मपथस्थित संस्थानको मुख्य कार्यालयमा भइरहेको प्रदर्शनीमा विस २०३० देखि २०६० सम्म गोरखापत्रमा प्रकाशित तथा त्यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर समावेश गरिएको छ ।

यही वैशाख २३ गतेसम्म चल्ने उक्त प्रदर्शनीको यही वैशाख १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले उद्घाटन गर्नुभएको थियो । चार वटा कोठामा गरिएको प्रदर्शनीमा एक सय ६० भन्दाबढी तस्बिर समेटिएको छ ।

क्यामरा र तस्बिरसँग सम्बन्धित अन्य उपकरण पनि राखिएको प्रदर्शनीमा प्रवेश नि:शुल्क रहेको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो ।

पुराना र महत्वपूर्ण तस्बिरका नेगेटिभ थन्किएर बसेको अवस्थामा ती नेगेटिभको त्यसको महत्व बुझेर संरक्षण र व्यवस्थापन गर्ने सन्दर्भमा प्रमुख हुमागाईले जानकारी दिनुभयो । विस १९५८ वैशाख २४ गतेबाट प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पादासम्बन्धी जानकारी लिने महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ ।

विस १९८४ वैशाख १३ गते उक्त पत्रिकाले पहिलो पटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ । धुलो टकटक्याएर निकालिएको रिलबाट प्रिन्ट गरिएका धेरै जसो तस्बिर अहिले अवलोकन गर्न आउनेका लागि सूचनाको दरिलो स्रोत भएको छ ।

संस्थानले प्रदर्शन गरेका पुराना फोटाको रिलले करिव एक सय ५० बाकस भरिएका छन् । प्रर्दशनीका लागि छनोट भएको नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको उहाँले बताउनुभयो । अहिले तस्बिरका माध्यमबाट ३० देखि ६० को दशकसम्म राजनीतिक घटनाक्रम, सामाजिक परिवेशलगायत विविध क्षेत्र बुझन चाहनेलाई प्रदर्शनी उपयुक्त थलो बनेको उहाँको भनाइ छ ।

संस्थानले यसअघि आफनो स्थापना दिवसका उपलक्ष्यमा पनि यसखाले तस्बिर प्रदर्शनी गरेको थियो ।

तीसदेखि ६० को दसकमा काठमाडौ त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको ट्रलिबस चढ्ने घुँइचोदेखि विस २०३६ मा बिपी कोइरालाले आमसभालाई गर्नुभएको सम्बोधनसम्मका तस्बिर समेटिएको छ ।

दर्शकलाई बुझन र जान्न सहज होस् भनी भिडियो स्लाइड समेत बनाइएको छ । प्रदर्शनीमा रहेकामध्ये नेकपा९एमाले०का तत्कालीन नेता वामदेव गौतमको विस २०४८ मा सांसद सपथ ग्रहणका अवसरमा खिचिएको सर्वाधिक चासोका साथ हेरिएको छ ।

संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकार, फोटा पत्रकारहरु विन्दुराजसिह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाई र रमेश केसीलगायतका फोटो पत्रकार मुलुकमै यस क्षेत्रका अब्बल जनशक्ति मानिनुहुन्छ । रासस