१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

लगानी सम्मेलन: स्वदेशी परियोजनामा विदेशी साझेदार

लगानी सम्मेलन: स्वदेशी परियोजनामा विदेशी साझेदार
अ अ+ अ-

काठमाडौँ । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ ।

लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एकैथलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उहाँहरूलाई ठूला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ । उहाँहरूलाई आश्वस्त पार्न नेपालमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाहका लागि पनि नेपालले भरमग्दूर प्रयास गरिरहेको छ ।

लगानी सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बाह्य र आन्तरिक लगानीका लागि उपयुक्त स्थान रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको थियो । उहाँले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको बताउनुभएको थियो ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले पनि लगानी प्रवद्र्धन र कानुनी सुधारको सन्देशले लगानीकर्तामा सकारात्मक सन्देश प्रभाव भएको विश्वास व्यक्त गर्नुभएको थियो ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनले नेपालमा लगानीको राम्रो वातावरण बनेको सन्देश प्रवाह गरेको दावी गर्नुभयो । “हिजो साँझ प्रधानमन्त्रीसँग विदेशी लगानीकर्ताले भेटवार्तामा पनि विदेशी लगानीकर्ताहरू उत्साहित हुनुका साथै नेपालमा लगानी गर्न इच्छुक देखिनुभएको बुझ्न सकिन्थ्यो त्यसका साथै नेपालमा लगानीको सम्भावना रहेको र यहाँ लगानी गरेर नाफा पनि कमाउन सकिन्छ भन्ने उहाँहरूको बुझाइ पाए”, उपाध्यायले भन्नुभयो ।

पूर्वअर्थ सचिवसमेत रहनुभएका अर्थविद् रामेश्वर खनाल नेपालले अध्यादेश ल्याएर कानुनी सुधारमा देखाएको तत्परताले विदेशी लगानीकर्तालाई स्वदेशमा लगानीका लागि सहजीकरण गर्न सरकार सम्पूर्णरूपमा तयार छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । यसकार्यले विदेशी लागनीकर्तालाई लगानकिा लागि आकर्षित गर्ने उहाँको भनाइ छ । “पहिचान भएका मुख्य नीतिगत सुधार गरिसक्यौँ । अरु थप सुधार पनि गर्दै जानेछौँ भन्ने नेपालको सन्देश छ । नेपाल खुला र उदार अर्थतन्त्रमा विश्वास गर्छ भन्ने सन्देश प्रधानमन्त्रीले पनि दिनुभएको छ,” खनालले रासससँग भन्नुभयो, “नेपाल सरकारले विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरणको सकारात्मक सन्देश दिएर विदेशी लगानी आकर्षित गर्न गरेको प्रयास प्रशंशनीय छ ।”
आजसम्म चल्ने सम्मेलनले विगतमा भएका कमजोरी सच्चाएर लगानीमैत्री वातावरण तय गर्ने विश्वास दिलाउन सकेमा स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित बनाउने पनि खनालको बुझाइ छ ।

“सम्मेलनको पहिलो दिनमा नै थप लगानीमैत्री वातावरण तय गर्न सरकारले देखाएको तत्परताले निकै राम्रो सन्देश प्रवाह भएको छ । अब बढिभन्दा बढी विदेशी लगानी, सीप र प्रविधि भित्र्याउन र आवश्यकताको आधारमा परियोजनाको प्राथमिकरण गर्दै अगाडि बढ्नुपर्छ”, खनालले भन्नुभयो ।

सम्मेलनको उद्घाटन सत्रकै क्रममा पहिलो दिनमै भएका मुख्य दुई वटा सम्झौताले सुरुआतमा नै सम्मेलन फलदायी रहने सन्देश प्रवाह भइसकेको धेरैको बुझाइ छ । पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टाका डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । सो सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको थियो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो । यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाइले हस्ताक्षर गर्नुभयो ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अभियन्ता कूल आचार्यले सम्मेलनले नेपालमा लगानीको वातावरण राम्रो बन्दैगएको र लगानीको प्रचुरसम्भावना रहेको सन्देश दिएकाले स्वदेशी तथा विदेशी लगानीकर्तामा उत्साह बढाएको बताउनुभयो । “नेपाल लगानीका लागि प्रचुरसम्भावना भएको क्षेत्र हो । जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्र लगानीका प्रमुख क्षेत्र हुन्,” उहाँले भन्नुभयो, “लगानीका लागि थप उपयुक्त वातावरण बनाउनसकेमा गैरआवसीय नेपाली पनि सच्चा विकासको साझेदारी बन्न सक्छन् ।”

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले पनि लगानी सम्मेलनकै पूर्वसन्धामा सरकारले ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण बन्न सघाउ गुग्ने विश्वास व्यक्त गर्नुभयो । “सरकारले लगानीमैत्री वातावरण बनाउन रहेक पक्षमा सहजीकरण गर्न तयार छ भन्ने सन्देश प्रवाह भएको छ । यसले हामी स्वदेशी उद्यमीदेखि विदेशी लगानीकर्तालाई समेत उत्साहित बनाएको छ”, राणाले भन्नुभयो ।

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले त लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि विदेशी लगानीकर्तालाई मात्र नभई स्वदेशी व्यावसायीलाई समेत उत्साहीत बनाएको धारणा राख्नुभयो । सम्मेलनमार्फत विदेशी व्यवसायीले नेपाली व्यावसायीसँग सहकार्यको ढोका खोल्नेमा आफूहरू थप आशावादी बनेको उहाँको भनाइ छ ।

सम्मेलनमा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् । सम्मेलनको पूर्वसन्ध्यामा एक सय ५१ परियोजना प्रस्तुत गर्ने तयारी गरिएकोमा सम्मेलनसम्म आइपुग्दा थप तीन परियोजनाले समेत स्थान पाएका लगानी बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सम्मेलनमा एक हजार चार सय भन्दा बढी व्यक्ति सहभागी हुनुभएको छ । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत् विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।रासस