१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम उपनिर्वाचन: माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन



अ+ अ-

फिक्कल । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि हुनुहुन्छ । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित हुनुहुन्छ ।

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गर्नुभयो । रास्वपाका लिम्बूले तीन मत पाउनुभयो । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आउनुभएको छ । अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।