• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

रामेछाप उडेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता



file photo

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा पुन: काठमाडौं फिर्ता भएको छ ।

सोमबार बिहान रामेछाप उडेको सीताको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

विमानस्थलमा सुरक्षित अवतरण गराएपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म लगिएको उनले बताए ।

उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।