१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा युवकको हत्या



सांकेतिक तस्बिर ।
अ+ अ-

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत भएको हो ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो । रासस