• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति

इलाममा सुहाङ मतान्तर फराकिलो बनाउँदै, बझाङमा सिंहको झिनो अग्रता



काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

सुहाङले ९ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४ सय १ मत पाएका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यो निर्वाचन क्षेत्रमा १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए ।

यता बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा छ ।

कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार १ सय ६७ मत पाएका छन् । यस्तै एमालेका दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५ सय ३५ मत प्राप्त गरेका छन । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हार ३ सय ९२ मत प्राप्त गरेका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह पृथ्वीबहादुरकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।