• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’ ★   तराईको गर्मीमा पनि लटरम्म स्याउ ★   सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग ★   चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत ★   वाङ्मयका अग्ला साधक छोटा ★   कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल

आईपीएलमा चेन्नईको पाँचौं जित, हैदरावादलाई ७८ रनले पराजित गर्दै बदला लियो



काठमाडौँ । आईपीएल–२०२४ को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको छ । टोलीले चालू सिजनमा पाँचौं जित हासिल गरेको छ ।

यो जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले लगातार दुई खेलको हारपछि जित निकालेको हो । जबकि हैदरावादले सिजनमा पहिलो पटक लगातार दोस्रो खेल हार्यो । सनराइजर्स अंक तालिकाको चौथो स्थानमा छ ।

चेन्नईको चेपौक रंगशालामा आइतबार भएको खेलमा सनराइजर्स हैदरावादले टस जितेर पहिले बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा हैदरावाद १८.५ ओभरमा १३४ रनमै सीमित भयो । खेलको प्लेयर अफ द म्याच रुतुराज गायकवाड भए । उनले ५४ बलमा ९८ रनको इनिङ खेले ।

घरेलु मैदानमा हैदरावादलाई पराजित गर्दै चेन्नईले बराबरी गरेको हो । यसअघि हैदरावादमा भएको खेलमा एसआरएचले ६ विकेटले जित हात पारेको थियो ।

सीएसकेका कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेले भने डेरिल मिचेलले ३२ बलमा ५२ रन बनाए । शिवम दुबेले अविजित ३९ रनको योगदान दिए । भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले एक–एक विकेट लिए ।

एसआरएचका लागि एडेन मार्करामले सर्वाधिक ३२ रन बनाए । हेनरिक क्लासेन २० रन बनाएर आउट भए । रन पछ्याउने क्रममा हैदरावादको टोलीले लगातार विकेट गुमाएको थियो । टोलीले ३२ रनभन्दा बढीको साझेदारी गर्न सकेन ।

चेन्नईका तुषार देशपाण्डेले ४ विकेट लिए । मथिश पाथिराना र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।