![](https://newspolar.com/wp-content/uploads/2024/04/ct-3.jpg)
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले नटिङहम फरेस्टलाई उसकै घरेलु मैदानमा २–० गोलले हरायो ।
सिटीलाई जित दिलाउन ३२ औं मिनेटमा जोस्को जीभ्राडिओलले तथा ७१ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गरे ।
जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको आर्सनल ८० अंकका साथ शीर्षस्थानमा छ । नटिङहम २६ अंकका साथ १७ औं स्थानमा छ ।