• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ★   दूधमा आत्मनिर्भर बन्यो काभ्रे ★   श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ ★   मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त ★   सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो? ★   एयरपोर्टमा कंगना रनावतमाथि हातपात ★   विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध ★   लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक: राष्ट्रपति ★   यार्सागुम्बा सङ्कलन: राज्यकोषमा एक करोड २५ लाख राजस्व ★   दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ: प्रधानमन्त्री दाहाल

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि बहस हुन सकेन । उच्च अदालतमा समय अभावका कारण न्यायाधीशले मुद्दालाई नभ्याइनेमा राखेका हुन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अदालतमा सुनवाइ धकेलिँदा सन्दीपले टि–२० विश्वकप खेल्ने सम्भावना सकिँदै गएको छ । नेपालले खेल्ने टी–२० विश्वकप जून २ बाट सुरु हुँदैछ । आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको छनोट गरेर आइसीसीलाई पठाइसक्नुपर्ने छ ।

उच्च अदालतले सुनवाइमा सफाइ पाएको खण्डमा सन्दीप क्रिकेटमा फर्किन सक्नेछन् । तर, आज पनि सुनवाइ हुन नसकेपछि सन्दीप विश्वकप खेल्न अमेरिका जाने सम्भावना लगभग सकिएको छ ।