• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि कानुन बनाउन समिति बनाईने ★   वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी ★   हारपछि कप्तान पावेलले निराश बन्दै भने – हामी ट्रफी जित्न… ★   सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ? ★   किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण ★   ढुङ्गेधारा छ, पानी छैन ★   बेनीमा मौसम मापन केन्द्र स्थापना ★   भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड ★   बेहुलाको घर पुगेपछि भावुक भइन् सोनाक्षी

टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो



काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाएर १२५ रनमै समेटियो । ओमानको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा टोली नामिबियासँग पराजित भएको थियो ।

उसका लागि आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र सकिल अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले ३ तथा मिचेल स्टार्क, नाथन एलिस र आडम जाम्पाले २–२ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो । उसका लागि मार्कुस स्टोइनिसले ३६ बलमा ६७ रनको योगदान दिए । उनले ६ छक्का र २ चौका प्रहार गरे । यस्तै, डेभिड वार्नरले ५६, मिचेल मार्शले १४ र ट्रेभिस हेडले १२ रन जोडे ।

बलिङतर्फ ओमानका मेहरान खानले २ तथा बिलाल खान र कालेमुल्लाहले १–१ विकेट लिए ।