२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच व्यापार बिस्तारबारे छलफल



अ+ अ-

काठमाडौँ । चीनको कान्च प्रिफेक्चरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिहरुबीच दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको छ ।

आईतवार काठमाडौंमा दुई पक्षका प्रतिनिधिहरुको बीचमा भएको भेटमा नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको हो ।

भेटका क्रममा व्यापार, संस्कृति, पर्यटन सम्बन्धी आदानप्रदानका बारेमा छलफल भएको छ । दुई देशको बीचमा व्यापार, संस्कृति, पर्यटन सम्बन्धी सम्भावनाका बारेमा छलफल भएको हो । भेटमा नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, चिया तथा कफी विकास बोर्डका प्रमुख डा. दीपक खनाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा आयुर्वेदिक औषधिको बारेमा चर्चा हुनुका साथै नेपालको कफी र चियाको बारेमा व्यापार गर्न सहज गर्ने, बजार बिस्तारीकरण गर्ने बारेमा पनि छलफल भएको छ । साथै नेपालमा उत्पादित अन्य वस्तु तथा सामग्रीहरुको चिनियाँ बजारमा बिस्तारका लागि सहयोग गर्न आग्रह गरिएकोे छ । नेपालको हिमाली क्षेत्र र कान्चको हिमाली क्षेत्रको सम्भावनाबारेमा छलफल भएको छ । फोटोबाट पनि कतिपय कुराको जानकारी हुने भएकाले ४० वटा फोटो राखिएको छ । कान्च प्रिफेक्चर पोखरा महानगरपालिकासँग पहिलो भगिनी सम्बन्ध गाँस्ने शहर पनि हो ।