४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपत्रमा प्रकाशित सूचनाको  वैधानिकतामाथि  कानून व्यवसायीहरुको प्रश्न



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको वैधानिकतामाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका छन् ।  प्रतिनिधि सभा विघटन बिरुद्ध परेको रिट बारे संबैधानिक इजलासमा सुनुवाई सुरु भएलगत्तै वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले सूचनाको  वैधानिकतामाथि  इजलासमा प्रश्न उठाउनु भएको थियो । 

प्रतिनिधि सभा विघटन भएको एक महिना पछि मात्र सूचना प्रकाशित भएको भन्दै श्रेष्ठले इजलास समक्ष भन्नुभयो, राजपत्र प्रकाशित गर्ने प्रक्रिया हुन्छ त्यो पालना भएन । श्रेष्ठले यो विषय उठान गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले भन्नुभयो, तपाईको निवेदन यहीं राखेका छौं । अहिले यो विषय प्रवेश नगरौं भन्दै रोक्नु भएको छ ।

श्रेष्ठको भनाईमा महान्यायाधिवक्ता अग्नि खरेलले पनि प्रतिवाद गर्दै ‘इजलासले माग्यो, हामीले दियौं । अहिले त्यस विषयमा छलफल आवश्यक छैन भन्दै इजलासको ध्यानकर्षण गराउनु भएको छ । यसैबीच रिट निवेदकका तर्फबाट प्रतिनिधि सभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सुचनाको  वैधानिकतामाथि  प्रश्न उठाउँदै निवेदन दर्ता भएको छ ।