• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो

विन्डोजबारे तपाईले जान्नैपर्छ यी १० तथ्य



एजेन्सी । Microsoft को computer operating ststem windows ले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन microsoft ले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । Computer जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल भएको विन्डोज ९५ लाई microsoft का सहसस्थापक Bill Gates र Je Leno ले घोषणा गरेका थिए ।

windows ९५ लाई microsoft को पहिलो user friendly operating system मानिन्छ । थुप्रै रुचीकरण फिचरहरुका कारण पर्सनल कम्प्युटर प्रयोगकर्ताबीच यो निकै नै लोकप्रिय बनेको थियो । विन्डोज ९५ को २५ औँ वर्षगाँठका अवसरमा माइक्रोसफ्टले एक भिडियो शेयर गरेको छ, जसमा विन्डोज अपरेटिङ सिस्टमको क्रमाग विकास देखाइएको छ ।

२५ औँ वर्षगाँठ पूरा गरेको माइक्रोसफ्टको अत्यन्तै लोकप्रिय window 95 का बारेमा केही महत्वपूर्ण तथ्यहरु यस्ता छन्ः

१) विन्डोज ९५ सन् १९९५ को अगष्ट २४ मा माइक्रोसफ्टको पहिलो प्रयोगकर्ता केन्द्रित अपरेटिङ सिस्टमको रुपमा लञ्च भएको थियो । निर्माण प्रयोगकर्ताहरुका लागि पहिलोपटक अगष्ट १५ मै उपलब्ध गराइएको यो अपरेटिङ सिस्टम पछि आम कम्प्युटर प्रयोगकर्ताका लागि उपलब्ध भयो ।

२) विन्डोज ९५ अपरेटिङ सिस्टम लञ्च गर्ने विशेष समारोहमा द रोलिङ स्टोन्स १९८१ ब्याण्डले आफ्नो चर्चित गीत स्टार्ट मि अप प्रस्तुत गरेको थियो ।

३) प्रयोगकर्तामैत्री तथा सरल अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ बजारमा आएपछि नै धेरै मानिसहरुले पहिलोपटक कम्प्युटर खरीद गरे र विन्डोज ९५ कै कारण इन्टरनेट प्रयोग गर्न पाए ।

४) विन्डोज ९५ मा चारवटा सबैभन्दा सम्झनलायक फिचरहरु रहे– स्टार्ट बटन, एमएस पेन्ट, रिसाइकल बिन र टास्कबार अप्सन । विन्डोजका नयाँ संस्करणसँगै यी फिचरहरु पनि परिष्कृत हुँदै आए ।

५) विन्डोज ९५ मा डकुमेन्ट खोल्न तथा एप्लिकेसन खोल्नका लागि स्टार्ट मेनु राखिएको थियो । त्यस्तै पेन्टिङप्रति रुची राख्ने धेरै युवाहरु बीच एमएस पेन्ट निकै नै लोकप्रिय बन्यो ।

६) विन्डोज ९५ माइक्रोसफ्टको विन्डोज ३.१ को उत्तराधिकारीको रुपमा आएको थियो ।

७) विन्डोज ९५ मा प्लग एण्ड प्ले फिचर पनि राखिएको थियो जसले स्वचालित रुपमा सफ्टवेयर पत्ता लगाउने र इन्स्टल गर्ने काम गर्दथ्यो । यो फिचर विन्डोजमा परिष्कृत रुपमा अद्यापि कायम छ ।

८) विन्डोज ९५ मा एप्लिकेसनसाथ आएको थियो जुन कम्प्युटर प्रयोगकर्ताहरुका लागि इन्टरनेटको दुनियामा पूराउने पहिलो माध्यम थियो । त्यो समय गुगल जन्मिनुभन्दा अगाडिको हो । एमएसएन एप्लिकेसनमार्फत् प्रयोगकर्ताहरुले इमेल पठाउने, च्याट गर्ने, इन्टरनेटमा समाचार पढ्ने जस्ता काम गर्न सक्दथे ।

९) विन्डोज ९५ पछि माइक्रोसफ्टले विन्डोज ९८ बजारमा ल्यायो, जसमा विभिन्न नयाँ फिचरहरु थप गरिए । सोही वर्ष नै गुगलको जन्म भयो । सन् २००१ को डिसेम्बर ३१ पछि माइक्रोसफ्टले विन्डोज ९५ को सपोर्ट बन्द गरेको थियो ।

१०) यसबीचमा माइक्रोसफ्टले विन्डोजका विभिन्न संस्करण ल्यायो । जसमा केही लोकप्रिय बने भने कति फ्लप भए । विन्डोज २०००, विन्डोज एक्सपी, विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज एट पछि हाल विन्डोज १० प्रचलनमा रहेको छ ।