२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

विन्डोजबारे तपाईले जान्नैपर्छ यी १० तथ्य

विन्डोजबारे तपाईले जान्नैपर्छ यी १० तथ्य
अ अ+ अ-

एजेन्सी । Microsoft को computer operating ststem windows ले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन microsoft ले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । Computer जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल भएको विन्डोज ९५ लाई microsoft का सहसस्थापक Bill Gates र Je Leno ले घोषणा गरेका थिए ।

windows ९५ लाई microsoft को पहिलो user friendly operating system मानिन्छ । थुप्रै रुचीकरण फिचरहरुका कारण पर्सनल कम्प्युटर प्रयोगकर्ताबीच यो निकै नै लोकप्रिय बनेको थियो । विन्डोज ९५ को २५ औँ वर्षगाँठका अवसरमा माइक्रोसफ्टले एक भिडियो शेयर गरेको छ, जसमा विन्डोज अपरेटिङ सिस्टमको क्रमाग विकास देखाइएको छ ।

२५ औँ वर्षगाँठ पूरा गरेको माइक्रोसफ्टको अत्यन्तै लोकप्रिय window 95 का बारेमा केही महत्वपूर्ण तथ्यहरु यस्ता छन्ः

१) विन्डोज ९५ सन् १९९५ को अगष्ट २४ मा माइक्रोसफ्टको पहिलो प्रयोगकर्ता केन्द्रित अपरेटिङ सिस्टमको रुपमा लञ्च भएको थियो । निर्माण प्रयोगकर्ताहरुका लागि पहिलोपटक अगष्ट १५ मै उपलब्ध गराइएको यो अपरेटिङ सिस्टम पछि आम कम्प्युटर प्रयोगकर्ताका लागि उपलब्ध भयो ।

२) विन्डोज ९५ अपरेटिङ सिस्टम लञ्च गर्ने विशेष समारोहमा द रोलिङ स्टोन्स १९८१ ब्याण्डले आफ्नो चर्चित गीत स्टार्ट मि अप प्रस्तुत गरेको थियो ।

३) प्रयोगकर्तामैत्री तथा सरल अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ बजारमा आएपछि नै धेरै मानिसहरुले पहिलोपटक कम्प्युटर खरीद गरे र विन्डोज ९५ कै कारण इन्टरनेट प्रयोग गर्न पाए ।

४) विन्डोज ९५ मा चारवटा सबैभन्दा सम्झनलायक फिचरहरु रहे– स्टार्ट बटन, एमएस पेन्ट, रिसाइकल बिन र टास्कबार अप्सन । विन्डोजका नयाँ संस्करणसँगै यी फिचरहरु पनि परिष्कृत हुँदै आए ।

५) विन्डोज ९५ मा डकुमेन्ट खोल्न तथा एप्लिकेसन खोल्नका लागि स्टार्ट मेनु राखिएको थियो । त्यस्तै पेन्टिङप्रति रुची राख्ने धेरै युवाहरु बीच एमएस पेन्ट निकै नै लोकप्रिय बन्यो ।

६) विन्डोज ९५ माइक्रोसफ्टको विन्डोज ३.१ को उत्तराधिकारीको रुपमा आएको थियो ।

७) विन्डोज ९५ मा प्लग एण्ड प्ले फिचर पनि राखिएको थियो जसले स्वचालित रुपमा सफ्टवेयर पत्ता लगाउने र इन्स्टल गर्ने काम गर्दथ्यो । यो फिचर विन्डोजमा परिष्कृत रुपमा अद्यापि कायम छ ।

८) विन्डोज ९५ मा एप्लिकेसनसाथ आएको थियो जुन कम्प्युटर प्रयोगकर्ताहरुका लागि इन्टरनेटको दुनियामा पूराउने पहिलो माध्यम थियो । त्यो समय गुगल जन्मिनुभन्दा अगाडिको हो । एमएसएन एप्लिकेसनमार्फत् प्रयोगकर्ताहरुले इमेल पठाउने, च्याट गर्ने, इन्टरनेटमा समाचार पढ्ने जस्ता काम गर्न सक्दथे ।

९) विन्डोज ९५ पछि माइक्रोसफ्टले विन्डोज ९८ बजारमा ल्यायो, जसमा विभिन्न नयाँ फिचरहरु थप गरिए । सोही वर्ष नै गुगलको जन्म भयो । सन् २००१ को डिसेम्बर ३१ पछि माइक्रोसफ्टले विन्डोज ९५ को सपोर्ट बन्द गरेको थियो ।

१०) यसबीचमा माइक्रोसफ्टले विन्डोजका विभिन्न संस्करण ल्यायो । जसमा केही लोकप्रिय बने भने कति फ्लप भए । विन्डोज २०००, विन्डोज एक्सपी, विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज एट पछि हाल विन्डोज १० प्रचलनमा रहेको छ ।