५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नबिल किताब जात्रा–२०७७’ माघ १७ गते देखि सञ्चालन हुने



अ+ अ-

काठमाडौं । माघ १७ गते देखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुने भएको छ । किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, २०७७’ आयोजना गर्न लागेको हो । 

आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेशनले माघ १७ गते शनिबार देखि माघ २३ गते शुक्रबार सम्म किताब जात्रा सञ्चालन हुने बताएको हो । ‘कोभिड–१९’ जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रशारण गर्न लागिएको ‘नबिल किताब जात्रा–२०७७’का निर्देशक ऋषिराम अधिकारीले बताउनुभयो । कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरु समावेश भएका सात वटा सेसनहरु रहने छन् ।

नबिल किताब जात्राको अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिने आयोजकले बताएको छ । यस्तै अनलाइन बुकसेलिङ प्लयाटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रा.लि.ले आफ्नो प्लाटफर्म मार्फत सर्वाधिक विक्री भएको पुस्तकलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ दिने घोषणा गर्ने भएको छ । गत वर्ष यो अवार्ड आख्यानकार अमर न्यौपानेद्वारा लिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो ।