• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

नेप्सेमा ऐतिहासिक रेकर्ड ब्रेक : आइतबार परिसूचक ५०.२० अंकले उकालो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको छ । यो दिन रू. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएको हो ।

उक्त कारोबार २०७ वटा कम्पनीको ७९ हजार ४९८ पटकको व्यापारमा भएको हो । यस अघि नेप्सेमा गत मंसिर १४ गते सर्वाधिक रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको थियो  । त्यो दिनको ऐतिहासिक रेकर्ड आइतबार ब्रेक भएको हो । 

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक पनि ५० दशमलव २० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा र ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४७ अंक बढेर ४५२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ओटा समूहमध्य व्यापारिक समूह वाहेकका सबैको परिसूचक बढेको छ । यो दिन अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । अन्य समूहको परिसूचक सर्वाधिक ५ दशमलव ६९ प्रतिशत बढेको हो । व्यापारिक समूहको परिसूचक भने २ दशमलव ४७ प्रतिशतले घटेको छ । 

त्यस्तै यो दिन जलविद्युत् समूहको २ दशमलव ७२ प्रतिशत, लघुवित्तको २ दशमलव ५६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९३ प्रतिशत, बैंकिङको १ दशमलव २४ प्रतिशत, वित्तको १ दशमलव २२ प्रतिशत, होटलको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । मिथिला लघुवित्त, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो । 

मिथिला लघुवित्तको प्रतिकित्ता रू. १५९ ले बढेर अन्तिम मूल्य रू. १ हजार ७४९, ग्रामिण लघुवित्तको प्रतिकित्ता रू. ७४ ले बढेर अन्तिम मूल्य रू. ८१४, पोखरा फाइनान्सको प्रतिकित्ता रू. २४ ले बढेर अन्तिम मूल्य रू. २६४ र गुराँस लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. ७९२ कायम भएको हो । 

यी कम्पनीसँगै अन्य ११ ओटा कम्पनीको शेयरमूल्य आइतबार ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले घटेको छ । यस बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ६९ ले घटेर अन्तिम मूल्य रू. ६२७ कायम भएको हो । 

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको छ । धितोपत्र बजारको इतिहासमै पहिलो पटक शेयर खण्डिकरणको तयारी गरेको उक्त कम्पनीको शेयर कारोबारमा सर्वाधिक हिस्साले निरन्तरता पाईरहेको छ । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य भने यो दिन प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. २ हजार ८४९ कायम भएको छ ।