५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौँ । सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्न पहल गर्नुभएकोमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिन सहकारी पीडित सिंहदरबार पुगेका छन् ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएकोमा धन्यवाद दिन पीडित आज गृह मन्त्रालयमै आइपुगेका थिए । उनीहरुले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशाबादी रहेको बताएका थिए ।

उनीहरुसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताउनु भयो ।

अब सरकारले सहकारी ठगहरुको नाममा रहेको सम्पत्ती र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो ।