• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर



काठमाडौँ । भोलि शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी–२० सिरिजको तयारीका लागि वेस्ट इन्डिज ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास थालेको छ ।

यस सिरिजका लागि वेस्ट इन्डिज ‘ए’ को टिम बुधबार नै काठमाडौं आइपुगेको थियो ।

यसैबीच, वेस्ट इन्डिजका खेलाडी आन्द्रे फ्लेचरले नेपालको आतिथ्यताबाट खुसी भएको प्रतिक्रिया दिएका छन् । अभ्यासका क्रममा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने – ‘हाम्रो मौसमजस्तै रहेछ यहाँको पनि वातावरण । आतिथ्यता एकदमै राम्रो छ । हामी इन्जोइ गरिरहेका छौं । नेपालीहरु एकदमै राम्रा मानिस रहेछन् । हामीले यहाँको समयमा रमाइलो गरिरहेका छौं ।’

टोलीलाई स्वागत गर्ने क्रममा आलोचना भएको थियो । सामाजिक सञ्जालमा यस टोलीको स्वागतलाई लिएर नकरात्मक प्रतिक्रिया आएको थियो ।

नेपाल र वेस्ट इन्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र अन्तिम तथा पाँचौ ४ मे मा हुने छ । टियु मैदानमा हुने सिरिजका सबै खेल सवा १२ बजेदेखि शुरु हुनेछन् ।

यो पनिः वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो