७ श्रावण २०८३, बिहीबार
,
Latest
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण



अ+ अ-

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायत एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहनुभएका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएकोमा जोड दिनुभएको छ । उहाँले खोपले आशा जगाएको तर संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताउँदै भन्नुभयो– ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन ।’ खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहनेमा उहाँले जोड दिनुभयो ।

वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उहाँ बताउनुहुन्छ । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत अरूलाई कोभिड–१९ सर्न सक्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ।’ –प्राध्यापक भ्यान टामले भन्नुभयो । यसै हप्ता वरिष्ठ चिकित्सकहरूले अधिकारीहरूलाई फाइजररबायोएन्टेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समय सीमा घटाउन आग्रह गरेका थिए । बेलायतमा धेरै मानिसलाई खोपको पहिलो मात्रा दिनका लागि पहिलो मात्रा प्राप्त गरेको १२ हप्तासम्ममा दोस्रो मात्रा दिने गरी समय सीमा बढाइएको थियो ।

यसअघि पहिलो र दोस्रो खोप प्राप्त गर्नका लागि तीन हप्ताको समय सीमा तोकिएको थियो । तर ब्रिटिस मेडिकल एसोसिएसनले उक्त नीतिको औचित्य सिद्ध गर्न कठिन रहेको बताउँदै खोप दिने समयको अन्तराल ६ हप्तामा झारिनुपर्ने बताएको छ । बेलायतमा ५८ लाखभन्दा बढी सर्वसाधारणले खोपको पहिलो मात्रा प्राप्त गरिसकेका छन् । एनएचएस बेलायतका अनुसार सोमबारबाट देशैभर नयाँ खोप केन्द्रहरू खुल्दै छन् । युरोपमा खोपको माग बढिरहेका बेला खोप विकास गरिरहेका कम्पनीहरूले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली संघ निरास बनेको छ ।

बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ । त्यस्तै युरोपका कैयौं भागमा फाइजर र बायोएन्टेकले वाचा गरेअनुरूप आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको छ ।

कैयौं युरोपेली देशमा संक्रमितको संख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायीरूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो । जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कैयौं क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ । गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । नेपाल समाचारपत्र दैनिक