२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: बार्सिलोना र एट्लेटिकोको जित



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा एट्लेटिको म्याड्रिडले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर  भ्यालेन्सियालाई ३–१ हराएको छ । शीर्ष स्थानमा सात अंकको ठोस अग्रता कायम राख्यो । भ्यालेन्सियाले उरोज राचिचको गोलले अग्रता लिएयता एट्लेटिकोका तर्फबाट जोओ फेलिक्स, लुइस स्वारेज र एन्जेले कोरेराले गोल गरे ।

यो जितपछि एट्लेटिकोको १८ खेलबाट ४७ अंक भएको छ । अंक–तालिकामा बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । यसका लागि उसले इल्चेलाई २–० ले हरायो । फ्रेन्क डे जङ र रिकार्ड पिगले गोल गरे । बार्सिलोनाको १९ खेलबाट ३७ अंक भएको छ ।