१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

किन बढ्दैछ बन डढेलो ? आगलागी भएमा कसलाई खबर गर्ने ?

किन बढ्दैछ बन डढेलो ? आगलागी भएमा कसलाई खबर गर्ने ?
अ अ+ अ-

काठमाडौँ । डढेलोले बनै खायो । यसपालिको डढेलो र आगलागीका घटनाहरुले धेरै जनधनको क्षति ग िसकेको छ भने अझै कति गर्ने हो अनुमान नै छैन । कतै आगो निभाउन गएको दमकल नै आगलागीमा परेको छ त कतै डढेलोमा परेर मानिसहरु घाईते र मृत्यू भएको समाचारहरु आएका छन् । यो हप्ताका समाचारका अंशहरुमा आगलागीका घटनाहरु अग्र स्थानमा देखिएका छन् ।

राष्टिय« विपद जोखिम प्राधिकरणको अद्यावधिक प्रतिवेदन अनुसार यो हप्ता मात्र २३३ वटा आगलागीका घटनाहरु भएका छन् , जसमा बन डढेलोको घटना १३३ वटा भएका छन । यस वर्षको आगलागीबाट हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन, करिब तीन सय ७१ घर परिवारहरु प्रभावित भएका छन् । वन तथा भून संरक्षण विभागका अनुसार ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ भने एक साताको अवधिमा मात्र करिब दुई सय ७४ क्षेत्रमा डढेलो लागेको छ । जंगलको आगो घर, गोठमा सल्केर धेरै परिवारहरु घरवार बिहिन भएका छन् । तराईका समुदायहरुमा दिनानुदिन आगलागीका घटनाहरु भईरहका छन् ।

२०७८ को राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार नेपालमा खाना पकाउन दाउराको प्रयोग गर्ने जनसंख्या करिब ५१ प्रतिशत देखिन्छ भने टिनको छाना भएका घरहरु ४१ं.९ प्रतिशत र खरको छाना भएका घरहरु करिब ३ं.९ प्रतिशत रहेका छन्, काठ र माटोको भित्ता प्रयोग भएका घरधुरीहरु ४८.२ प्रतिशत रहेका छन् । माथि उल्लेखित विवरणहरुबाट हामी आगलागीबाटे कति जोखिममा छौ र कस्तो पुर्व तयारी गर्नु पर्दछ भन्ने विषयलाई केन्द्रीत गर्ने प्रयास गरिएको हो ।

प्रकोप, विपद र जोखिम, संकटासन्नता

प्रकोपको परिभाषा अनुसार आगलागी मानविय तथा प्राकृतिक दुवै कारणबाट हुने प्रकोप भित्र पर्दछ । विपद व्यवस्थापनमा मानवजन्य प्रकोपलाई हटाउन सकिन्छ भने, प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने अवधारणा रहेको छ । आज नौ वर्ष वितेको छ त भुकम्पबाट क्षति भएका संरचनाहरु पुर्न निमार्ण गरि प्रभावित समुदायहरुलाई पहिलेको भन्दा सबल र सक्षम बनाउने कार्यमा सबै निकायहरुको जोड बल भएता पनि पुर्ण रुपमा उत्थानशिल पालिका कुनै कतै निमार्ण भएको आधिकारिक अभिलेख तथा प्रतिवेदन भेटिदैन । अर्को तर्फ जाजरकोट भुकम्पको प्रतिकार्यमा सबै निकायहरु लागि पर्नु परेको छ । विकास र विपद संगसंगै जाने क्रमले गर्दा विकासमा निश्चित रुपमा बाधा पुग्छ नै । प्रकोपका कारण विपद निम्तिन्तछन् विपद भनेको अचानक आउने असामन्य परिस्थिति हो, जसका कारण जन जीवन अस्त व्यस्त हुन्छ, जन धनको क्षति हुन्छ, सामाजिक, आर्थिक क्रियाकलापहरु प्रभावित हुन्छन र यस्तो अवस्थामा समुदायलाई बाह्य सहयोगको आवश्यकता पर्दछ । जोखिम भनेको प्रकोप र संकटासन्नता विचको दुरीलाई बुझिन्छ, जस्तै खरका घरहरु भएको बाक्लो वस्ती छ, गर्मीको समय, हावा चलिरहेको समय, घरमा, गोठमा, भान्सामा आगो प्रयोग भईरहेको छ भने अब त्यो समुदायलाई आगलागीको उच्च जोखिममा रहेको समुदायमा राख्न सकिन्छ । विपदसंग लड्न, जुध्न वा समाना गर्न कुनै पनि श्रोत, साधन, सिप वा क्षमता नभएको व्यक्ति, परिवा वा समुदायलाई संकटासन्न समुदाय भनेर बुझिन्छ ।

खरका छानाहरु बढी जोखिममा

बढ्दो ताफक्रले गर्दा वैशाख, जेठको समयमा सानो आगोको झिल्कोले छिन भरमै गाउँ वस्तीनै सखाप बनाईरहेको छ । खर, परालमा छिटो आगो सल्कने र एक घरबाट अर्को घरमा छोटो समयमै आगो सल्कीने गर्दछ जसले गर्दा धेरै भन्दा धेरै घरहरुमा क्षति पुग्दछ । अर्को तर्फ काठको प्रयोग र टिनका छाना भएका घरहरु पनि जोखिममा रहेका छन् । विशेष गरेर बिद्युत सर्ट भएमा यस किशिमका घरहरु आगलागीको जोखिमा पर्दछन, एकातर्फ बिद्युतको जोखिम त अर्को तर्फ ग्याँस सिलिण्डिर तथा चुलोको प्रयोगले झन थप जोखिम निम्ताउने गर्दछ ।

किन बढ्दैछ बन डढेलो ?

सामुदायिक वनमा लागेको डढेलो गाउसम्म फैलिने क्रम बढ्दो छ । डढेलो अचानक गाउँमा फैलिए पछि त्यसबाट क्षति अकल्पनिय क्षति हुन पुग्दछ । प्राय जसो पहाडी वनक्षेत्रहरुमा अहिले डढेलो बढीरहेको छ । सुनसान वनमा आफै आगो लाग्दैन, मानविय क्रियाकलापबाट नै वन डढेलो लाग्ने गर्दछ । बढ्दो बसाई सराईका कारण बन जंगलमा झाडी बढ्ीरहेको छ भने धेरै संख्यामा बन्यजन्तुहरु पनि वनमा आगलागि भए पछि गाउँ तर्फ छिर्न थालेका छन् । मुलुकी ऐनले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वनको आगो निभाई सकेको अवस्था भए पनि धुवाँके मुस्लो वनभरि फैलिएको छ । जंगलमा हिड्ने बटुवाहरु, सिकारीहरुले आगोको जथाभावि प्रयोग गरेर, नयाँ पालुवा पलाउने तथा जथाभावि बढेका झाडी तथा तथा नयाँ तथा रैथाने प्रजातिका बिरुवाहरु नष्ट गर्ने परिपाटिका कारण पनि वनमा आगो लगाउने प्रचालन रहेको छ । जलवायू परिवर्तनका कारण बढेदो ताक्रम, हावाहुरीको मौषम, मनसुनको ढिलाई वा मनसुन नै नहुनु जस्ता कारणले आगलागिको प्रकोप बढीरहेको छ ।

के छ स्थानिय तहको पुर्वतयारी ?

स्थानिय तहका ७५३ वटै स्तरमा गएर स्थलगत अध्ययन र प्रतिवेदन हेर्ने हो भने अनुमानित ४० प्रतिशतमा स्थानिय विपद व्यवस्थापन समिति मात्र गठन भएका छन् तर समितिको माईन्यूट र योजना भने कुनै दराजमा पनि नभेटिएमा कुनै आश्चर्य मान्नु पर्दैन । विपद र वातावरण क्षेत्रमा बजेट भने धेरैजसो स्थानिय तहमा छुट्टाईएको हुन्छ तर विपद भने पनि वातावरण भने पनि बाढीले कटान गरेको बाटारु टाल्ने, बाढीले बगाएको कल्भर्ट निमार्ण गर्ने, नदि किनारमा तारजाली भर्ने लगायत र दुई चार ठाउँमा वृक्षारोपण गरेको भने फाईल भेटिन्छन् । स्थानिय तहहरुले विपदका क्षेत्रमा राम्रा अभ्यासहरुको थालनी गरेका उदाहरणहरु पनि छन । दमकल खरिद गर्ने, सर्पदंश केन्द्रहरु स्थापना गर्ने, नगर प्रहरीको व्यवस्थापन गर्ने जस्ता कार्यहरु स्थानिय तहकाट भएका छन् ।

योजना छनौट मै विपद तथा समावेशीताका विषयहरु ओझेल पर्छन 

मंसिर पुषमा योजना छनौट गर्दा नै विपदको विषय ओझेल पर्छ, सबै जनप्रतिनिधिहरुलाई एउटै घानमा हालेर हेर्नु भने हुदैन तर जिम्मा पाएका क्षेत्रगत समुदायबाट आएका योजनाहरु अक्षरस मुल योजना सम्म पुग्न कठिन छ किनभने थोरै बजेट धेरै तिर छरेर सबैको चित्त नबुझाई सम्म कार्यपालिकाबाट बजेट तथा योजना पारित हुन कठिन भएर समयमा योजना र बजेट पारित नभएका स्थानिय तहहरुको सुची पनि लामै देखियो । स्थानिय तहमा विभिन्न समिति तथा उप समितिहरु निमार्ण गरि योजना कार्यन्वयन गर्ने अधिकार मात्र हैन सविपद व्यवस्थापन सम्बन्धि कार्य गर्ने पुर्ण अधिकार पदान गरेको छ । नेपालको संविधानमा प्रदत्त एकल तथा साझा अधिकारमा विपद व्यवस्थापनका कार्य गर्न अनुमति दिएको छ । स्थानिय तहमा विपद व्यवस्थापन समिति गठन गर्ने र स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना, विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्ण गर्ने लगायत वडा स्तमा विपद व्यवस्थापन समिति गठन गर्नका साथै सकि संकटासन्न समुदायमा समुदाय स्तरमा सामुदायिक विपद व्यवस्तापन समिति गठन गर्न सकिने प्रावधान स्थानिय विपद व्यवस्थापन ऐन २०७४ ले प्रदान गरेको छ ।

आपतकालिन कार्य संचालन केन्द्र :

काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर त्यसै भनेका होईनन् नि, स्थानिय स्तरमा एक जना प्रतिवद्ध विपद सम्पर्क व्यक्ति तोकेर आपतकालिन कार्य संचालन केन्द्र स्थापना गर्न कुन ऐनले रोकेको छ होला र ? आखिर करारमा कर्मचारी भर्ना गरेर वडा सचिव चलाउनुको पिडा गा.पा प्रशासनलाई मात्र हैन हामी सबैलाई जानकार छ तर संगठन विकास योजना र संस्थागत क्षमता विकास योजना निमार्ण पनि भएकै छन के ले रोक्छ एक जना कर्मचारीलाई जिम्मेवारी दिन ? चाहे जे जस्तो अवस्था भए पनि स्थानिय तहमा स्थानिय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गर्न आजैबाट पहल र समन्वय गर्नु आवश्यक छ ।

आगलागी भएमा कसलाई खबर गर्ने ?

धेरै जसो प्रशिक्षणमा यो प्रश्न गर्दा जावफमा अलमल्ल परेको देखेर म छक्क पर्ने छैन किन भने मैले माथि उद्रित गरेको स्थानिय आपतकालिन कार्य संचालन केन्द्र स्थापना नभएका स्थानिय तहमा खास जवाफदेहि कुनै एक जना तोकिएको नभएर धेरैजना हुने गरेको पाईन्छ । वडा अध्यक्ष, स्थानिय प्रहरी, वडा सदस्य, नगर वा गा.पा प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, रेडक्रस, आई एन एफ, युनिसेफ, दमकल, विपद सम्पर्क व्यक्ति सबैलाई सम्पर्क गर्दा कसरी र कसले के जवाफ दिने ? आपतकालिन सुचना प्रवाह संयन्त्र स्थापना नहुदा सम्म र फोनकै भरमा प्रतिकार्य गर्न कठिन छ । यता फोन र कुराकानी गर्दा गर्दै उता आगोले, ध्वस्त बनाई सकेको हुन्छ ।

वास्तविक खबर पहिलो खबर गर्ने भनेकै नजिकको छिमेकी र समुदायलाई हो जो सबै भन्दा नजिक हुनुहुन्छ र पहिले घटनास्थलमा पुग्न सक्नु हुन्छ । विपद व्यवस्थापन चक्र अनुसार विपद पश्चात खोज, उद्धारका कार्यहरु गर्नु पर्ने हुन्छ । पहिलो उद्धारकर्ता भनेकै स्थानिय समुदाय नै हो तर स्थानिय समुदाय श्रोत साधन युक्त क्षमतावान भएको खण्डमा खोज तथा उद्धार कार्य गर्न सम्भव हुन्छ । राहत, पुर्न स्थापना, पुर्न निमार्ण, रोकथाम, न्यूनिकरण तथा पुर्वतयारीका कार्यहरु गर्न अझ व्यवस्थित र योजनावद्ध ढैगले अघि बढ्नु आवश्यक छ ।

आगो निभाउन के के गर्ने ?

आगो बल्न तीन मुख्य तत्वहरु आवश्यक पर्दछन, ताप, ईन्धन र हावा, यी तिनवटै तत्वको समिश्रणबाट आगो बल्दछ भने आगो निभाउन भने यि तन तत्व मध्ये कुनै एक हटाई दिदा यसको रसायनिक प्रतिक्रया तोडिन जाँदा आगो छिटो निभाउन मद्धत पुग्दछ । जस्तै कुनै एक घरको एउटा कोठामा आगो सल्केमा तुरुन्त अर्को कोठाका सामाग्री वा ईन्धनहरु हटाउन सके आगो अरु थप वस्तुमा टिप्न सक्दैन, अर्को तर्फ ताप हटाउन हामी पानीको प्रयोग गर्छौ तर ठुलो आगोमा भने पानिमा भएको अक्सीजनले गर्दा झन आगो बढ्दछ । हावा हटोने कार्य गाहे कार्य हो तर माटो, बालुवा, हरियो पातहरुको ( विशेष गरेर केराका पात जस्मा पानीको मात्रा धेरै हुन्छ , स्याउला आदिका )े प्रयोग गर्नु पर्दछ ।

पहिले मानिसको बसोबास पानीको श्रोत नजिक हुन्थ्यो भने अहिले मानव वस्ती सडक सुविधा नजिक सरेको छ जसले गर्दा एक घरमा एक गाग्री पानि पनि नहुने अवस्था छ । धारा वा कल ( नल्का ) को पानिको प्रयोग गर्ने प्रचलन बढ्दो छ । खानेपानीका पाईपहरु माटोमा पुररिएका हुन्छन् वस्तीका बिच बिचमा पोईन्टहरु राख्न भने आगलागि भएर गाउँनै क्षति भएपछि मात्र सम्झीने बानि पुरानै हो । कतै खुल्ला छोडिएका खानेपानीका पाईपहरु नै आगलागीबाट क्षति भएका छन् । अहिले धेरै जसो निजि तथा सरकारी कार्यालयहरु तथा सेवा प्रदायक केन्द्रहरुमा अग्निशामक यन्त्रहरु राखिएका छन् । सुरक्षा निकायबाट पनि विपद जोखिक एकाईहरु गठन गरि तैनाथ गरिएका छन् तर प्रयाप्त श्रोत साधान, सुचनाको अभाव, भौगिलक कठिनाईका कारण समयमा खोज तथा उद्धारकार्यमा बाधा पुगिरहेको हुन सक्दछ । यस तर्फ पनि केन्द्र तथा संघिय सरकारले ध्यान दिनु पर्ने देखिन्छ ।

दक्ष जनशक्ति परिचालन तथा श्रोतको व्यवस्थापन

दक्ष र तालिम प्राप्त जनशक्ति स्थानिय तहमा तैनाथ अवस्थामा भएमा स्थानिय श्रोत साधनहरको प्रयोगबाट पनि छोटो समयमा आगलागि, बाढी, पहरिो, भुकम्प जस्ता प्रकोपहरुको असर कम गर्न सकिन्छ । आजभोली पोखरी हेर्न होटलका स्वीमिङ्ग मुल पुग्ने हाम्रो पुस्ताले गाग्री र बाल्टीनबाट पानी ओसारेर आगो निभाउन सकिन्छ भन्ने ज्ञान र सिप कसले सिकउाने खै ? सबै जना रमिते बनेर हेर्ने र दमकल कै मात्र भर पर्ने चलनले क्षति बढेको हो भन्दा कुनै अतियुत्ति: नहोला । दमकलले पनि निश्चित पानी भण्डारण गरेको हुन्छ, फेरी पानी भर्नकालािग टाढाको पानिको श्रोत पुग्नु पर्ने कारणले पनि आगलागी समयमै नियन्त्रण गर्न कठिन भएको छ । स्थानिय तह, प्रदेश तथा संघिय सरकारको स्तरबाट विपद व्यवस्थापनका लागि निमार्ण भएका ऐन, कानुन, नीति, कार्यविधिहरु कार्यान्वयनमा जोड दिनु अपरिहार्य देखिन्छ ।

क्षमता नै न्यूनीकरणको उत्तम उपाय हो ।

विपद जोखिम न्यूनीकरणका लागि समुदाय वा स्थानिय तहको क्षमता वृद्धि नै महत्वपुर्ण विषय हो । क्षमता बढाउनका लागि धेरै उपायहरु तथा तौर तरिकाहरु छन्, केहि क्षमता विकासका अभ्यासहरु यस प्रकार हुन सक्छन् ।
क. स्थानिय विपद व्यवस्थापन समिति गठन, पुर्न गठन गर्ने
ख. स्थानिय विदि तथा जखोज जलवायु उत्थानशिल योजना निमार्ण गर्ने
ग. वडा तथा समुदाय स्तमा समिति तथा कार्यदलहरु गठन
घ. विभिन्न कार्यदलहरु गठन तथा प्रतिकार्य समुह तालिमहरु संचालन
ङ. आपतकालिन कोषको व्यवस्थापन, खोज, उद्धार तथा राहतका सामाग्रीहरुको भण्डारण
च. सुरक्षित स्थानहरुको पहिचान तथा व्यवस्थापन
छ. पुर्व सुचना प्रणाली स्थापना,
ज. स्थानिय आपतकालि कार्य संचालन केन्द्र स्थापना तथा संचालन
झ. भुकम्प, आगलागी, बाढी, पहिरो सम्बन्धि कृतिम घटना अभ्यास तथा रेडियो कार्यक्रमहरु प्रशारण,
ञ. विद्यालय, युवा क्लब, आमा समुह लगायतको सहभागितामा विपद संंचेतनामुलक कार्यक्रमहरु संचालन,
ट. स्थनिय सरोकारवाल निकायहरुसंगको समन्वय तथा सहकार्य,
ठ. साना /ठुला स्तका अल्पिकरणका कार्यहरु कार्यान्वयन ( तटबन्धन, बृक्षारोपण, मर्मत सभ्भार आदि )
ड. वन क्षेत्रमा अग्नीरो निमार्ण तथा डढेलो नियन्त्रणका लागि सामाग्रीहरुको व्यस्थापन ।
ढ. कुवा, ईनार, पोखरी, नदी, तालहरुको संरक्षण तथा उचित प्रयोग ।