१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल

कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल
अ अ+ अ-

काठमाडौँ । कतारका लागि नेपालका राजदुत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणामा सम्झौता हुन नसकेको बताउनुभएको छ ।

नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताउनुभएको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजदुत ढकालले नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताउनु भयो । उहाँले कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हने श्रम सम्झौतालाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले श्रम सम्झौता हुन नसकेको बताउनु भयो । श्रम सम्झौता नेपाल कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताउनु भयो । उहाँले नेपाल सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा बिस्तारका लागि सकारात्मक रहकाले पहल र प्रयास गरिने बताउनु भयो । राजदुत ढकालले कतारका अमिरको नेपाल भ्रमणले कतार नेपालबीच लगानी र सहयोगका ढोकाहरु खुलेको दाबी गर्नुभयो । उहाँले कतारको राजदुतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने बताउनु भयो । उहाँले मुलुकमा सरकार परिवर्तन भएपनि राजदुतको व्यक्ति भन्दा पनि राजदुत सम्बन्धि स्पष्ट नीति बनाएर पूर्णकालिन रुपमा काम गर्नु दिँदा मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने बताउनु भयो । उहाँले राजदुतहरुको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले कतारसँग गरेका सम्झौताहरु कार्यान्वयनको लागि पनि अमिरको भ्रमणको करिव एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदुत पनि कम्तिमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दाबी गर्नुभयो । उहाँले यो कुरा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बुझेकाले तत्काल आफूलाई तत्काल र्फिता नबोलाउने विश्वास दिलाउनु भयो ।