२६ श्रावण २०८३, मंगलवार
,
Latest
सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने



अ+ अ-

काठमाडौँ । सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई परिपत्र जारी गरेको छ।

उपप्रधान तथा गृहमन्त्री स्तरबाट निर्णय भएकोले छुट्टै दर्ता किताबमा विवाहको अस्थायी अभिलेख राखी प्रमाणपत्र जारी गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई अनुरोध गरिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्वोच्च अदालतको आदेश बमोजिम विवाह दर्ता प्रमाणपत्र जारी गर्न भनेको हो। पञ्जीकरण विभागले यसअघि माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह दर्ता गर्न लमजुङको दोर्दी गाउँपालिका कार्यालयलाई परिपत्र गरेको थियो। १३ मङ्सिरमा माया र सुरेन्द्रले कानुनी रूपमा दर्ता गरेको विवाह दक्षिण एसियामै पहिलो भएको छ।

माया र सुरेन्द्रको विवाह दर्ता भए पनि अरू स्थानीय तहले छुट्टा छुट्टै परिपत्र माग गरे पछि मायाको पहिचान नेपालले सबै स्थानीय तहलाई परिपत्र जारी गर्न विभागमार्फत गृह मन्त्रालयलाई लिखित अनुरोध गरेको थियो।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तको पहलमा बर्दियाको बढैयाताल गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक लेस्बियन जोडीको विवाह दर्ता गरेको थियो। सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठ लेस्बियन विवाह दर्ता गर्ने पहिलो जोडी बने।

त्यसपछि रोकिएको विवाह दर्ता मायाको पहिचान नेपालको ३ महिनाको सङ्घर्षपछि सबै जोडीका लागि खुला भएको हो। परिपत्र जारी गर्ने निर्णय गरेकोमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पन्तले धन्यवाद दिएका छन्। ३ महिनाको फलोअपपछि गृह मन्त्रालयले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग’ मार्फत विवाह दर्ताका लागि परिपत्र जारी गरेको हो। अब स्थानीय रूपमा सबै इन्द्रेणी विवाह दर्ता गर्न सजिलो हुने कार्यकारी निर्देशक पन्तले बताए।

पञ्जीकरण विभागले विवाह दर्ताको अस्थायी प्रमाणपत्र नै परिवर्तन गरेको छ। इन्द्रेणी जोडीहरूको विवाह दर्ताको लागि विभागले सर्कुलर गरेको अस्थायी प्रमाणपत्रमा दुलाहा दुलाहा र दुलही दुलही उल्लेख गरेर प्रमाणपत्र जारी गर्न मिल्ने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले १२ असार २०८० मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो।