१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको खर्च निराशाजनक भएको भन्दै बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको छ ।

बिहीवार बसेको समितिको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको खर्चको अवस्था निराशाजनक रहेको ठहर गरेको हो ।

समितिले मन्त्रालयको बजेट कार्यान्वयनमा देखा परेका समस्याहरुको समाधान गरी बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको छ । समितिले नेपाली युवाहरुमा सीप विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउनेगरी पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानको संस्थागत क्षमता अभिवृद्धि गर्न जोड दिएको छ ।

साथै सो संस्थाबाट सञ्चालन हुने तालिम, कार्यक्रमहरुलाई विश्व बजारको माग र आवश्यकता अनुसार बनाउन पनि निर्देश गरिएको छ । समिति सभापति अब्दुल खानले नेपालमा सञ्चालित वैदेशिक रोजगार सेवा प्रदायक संस्थाहरुको नियमित अनुगमन तथा मूल्यांकन गरी वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै प्रकारका ठगि तथा बद्मासीको अन्त्य गर्न पनि निर्देशन दिइएको जानकारी दिनुभयो । त्यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई मताधिकार प्रयोग गर्ने अवस्थाको सुनिश्चितताको लागि आवश्यक पहल गर्न पनि सरकारलाई समितिको निर्देशन छ ।

समिति बैठकले गरेको निर्णय जानकारी गराउँदै समितिका सभापति खानले भन्नुभयो – ‘मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटको खर्चको अवस्था निराशाजनक अवस्थामा रहेको पाइएकोले यसतर्फ यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । अत: मन्त्रालयले बजेट कार्यान्वयनमा रहेका व्यवस्थापनहरुको तत्काल समाधान गरी बजेट कार्यान्वयनमा सुधार गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने ।

वैदेशिक रोजगारीमा नेपाली दक्ष जनशक्तिको आवद्धता बढाउन नेपाली युवाहरुको सीप विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै त्यस्ता दक्ष जनशक्तिहरु वैदेशिक रोजगारीमा जान सक्ने गरी विशेष पहल गर्न नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने ।

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानको संस्थागत क्षमता अभिवृद्धि गरी उक्त संस्थाबाट सञ्चालन हुने तालिम, कार्यक्रमहरुलाई विश्व बजारको माग र आवश्यकता अनुसार बनाउने नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने ।

नेपालमा सञ्चालित वैदेशिक रोजगार सेवा प्रदायक संस्थाहरुको नियमित अनुगमन तथा मुल्यांकन गरी वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै प्रकारका ठगि तथा बदमाशीको अन्त्य गर्न नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने ।

नेपालका ऊर्जाशील जनशक्तिको ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेको सत्य सर्वविदित नै छ । यसरी जनशक्तिको ठुलो हिस्सा मुलुक बाहिर रहँदा आवधिक निर्वाचनमा बालिग मताधिकारबाट वञ्चितिकरणमा पर्ने गरेको हुनाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत मताधिकार प्रयोग गर्ने अवस्थाको सुनिश्चितताको लागि आवश्यक पहल गर्न नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने ।’

समितिले विभिन्न देशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार गरी सर्वजनिक गर्न निर्देशन पनि दिएको छ । त्यसैगरी नेपालमा दर्ता भएका सबै प्रतिष्ठानहरु सामाजिक सुरक्षा कोषमा सूतिकृत गर्न र सबै श्रमिकहरुलाई सेवा, सुविधा उपलब्ध गराउन पनि निर्देशन गरिएको छ । त्यस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सुचिकृत गरी सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ ।